arrow

भारतीय देविका बनिन् नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
devika-palshikar-cricket-coach-nepal.jpg

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान यसबारे जानकारी दिएको हो ।

 सामाजिक सञ्जालमार्फत् क्यानले देविकाको नियुक्तिबारे जानकारी दिएको हो । पहिलो पटक नेपालले महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । 

अगस्त २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविका आवद्ध भएकी हुन् । उनी काठमाडौँ आइसकेकी छिन् ।  

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र यूएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ