arrow

सय किलो सुन प्रकरण : आजबाट सीआईबीले थप अनुसन्धान थाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
cib-final.jpeg

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपीमाथि आजबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धान गर्ने भएको छ । 

आइतबार साँझ १७ जना आरोपीहरूलाई  राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्याइएको छ । १८ दिनपछि विभागले हिजो  अनुसन्धानका प्रमाण र आरोपीहरूलाई प्रहरीको जिम्मा लगाएको हो । 

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी  सय किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् । 

आजबाट सीआईबी अध्ययन र अनुसन्धान थाल्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।  “आइतबार साँझ आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब सोमबारबाट अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ”, उनले भने ।

 विभागबाट अनुसन्ध गराएको भन्दै आलोचना भएसँगै  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन आफू मातहतको विभागलाई निर्देशन दिएका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ