arrow

महिला संघकी अध्यक्ष बर्खास्त गर्न माग [विज्ञप्तिसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
congress-women-leaders-4-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा अध्यक्षले विधान मिचेर जिल्ला सभापतिहरु हटाएको भन्दै २० केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन् । 

उनीहरुले आज पत्रकार सम्मेलन गरेर अध्यक्ष उषा राउत मिश्रको मनोमानीको विरोध गर्दै विधान मिच्ने अध्यक्ष चाहिँदैन भन्दै बर्खास्त गर्न मागसमेत गरेका छन् । 

केन्द्रीय सदस्य डा. अमित प्रधानले अध्यक्षले मनोमानी गरेको भन्दै कारबाहीका लागि माग गर्नु परेको बताइन् । 

उनले भनिन्, ‘अध्यक्षले एकलौटी हिसाबले जिल्ला सभापतिहरु चेन्ज गर्नुभाछ । हाम्रो विधानअनुसार कोही सभापति माथिल्लो पोष्टमा अपग्रेड भयो भने चाहिँ त्यहाँ खाली हुने हो । त्यस्तो पनि छ कोही कोही तर उहाँले यत्तिकै चलाउनु भाछ आफ्नै हिसाबले । उहाँले चाहिँ सहमति गरेर जानुपर्ने विधानमा उल्लेख भए पनि नमानिकन आफ्नै हिसाबले कसैलाई पनि जानकारी नदिइकन गर्नुभएको छ । हामीले सामाजिक सञ्जालबाटमात्र चेन्ज भइसकेपछिमात्र थाहा भएको हो ।’

केही निकाल्नुपर्ने ठाउँ भए पनि सल्लाह नगरी गर्नु दुःखद भएको बताइन् । उनले निकाल्न नमिल्ने ठाउँमा पनि निकालिएको आरोप लगाइन् । 

यी २० जना विचारका हिसाबले पार्टीको गगन–शेखर समूह केन्द्रीय सदस्यहरु हुन् । 

यस्तो छ पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्ति


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ