arrow

भारतले नेपालमा चामल रोकेकै छैन, कालोबजारी गर्नेलाई कडा कारबाही 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
rice.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । यतिबेला नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ । एक बोरामा दुई सयदेखि पाँच सय रुपैयाँ बढाइएको छ । भारतले नेपालमा चामल निर्यात नगर्ने बताएको भन्दै कालोबजारियाहरुले चामलको भाउ बढाएका हुन् । 

भारतले बासमतीबाहेक अरू प्रकारका चामलको निर्यातमा रोक लगाएको भन्दै प्रचार गरिएको थियो । भारतले चामक निर्यातमा रोक लगाएको भए पनि यो नेपालको हकमा नभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । 

उनले भने, 'प्रधानमन्त्रीज्यूसँगको कुराकानीमा नेपालमा कुनै अवरोध छैन भन्ने भनाइ आयो । त्यसैअनुसार प्रधानमन्त्रीज्यूले हिजो कडा निर्देशन दिनुभएको छ । अब बजार अनुगमन हुन्छ ।'

उनले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने निर्देशन भए बमोजिम हुनेसमेत बताए । 

शनिबार प्रधानमन्त्रीद्धयबीच टेलिफोन वार्ता भएको थियो । 

सो टेलिफोन वार्ताको केन्द्रविन्दु भने प्रधानमन्त्री प्रचण्डले दुई महिनाअघि गरेको भारत भ्रमणका बेलाभएका सहमतिको अवस्थाबारे केन्द्रित भएको थियो । 

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतसँग नेपालमा चामलको निर्यात नरोक्न आग्रह पत्र लेखेर आग्रह गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले परराष्ट्र मन्त्रालयमार्फत् भारतीय दूतावासलाई नेपालको हकमा १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनीको आपूर्ति गरिदिन पत्र लेखेर पठाएको बनाएका थिए । 

रिजालले भारतीय दूतावासले पनि सकारात्मक उत्तर दिएको बताएका थिए । 

यसअघि गत जुलाई २० तारिखमा भारत सरकारले आन्तरिक बजारमा मूल्यवृद्धि रोक्ने उद्देश्यले बासमती बाहेकका चामल निर्यातमा रोक लगाउने निर्णय गरेको थियो।

त्यसलगत्तै कालोबजारियाले एकाएक नेपालमा चामलको भाउ बढाएका थिए । प्रधानमन्त्री प्रचण्डले मोदीबाट उक्त जवाफ पाएपछि बजार अनुगमन गर्न निर्देशन दिएका हुन् । 

समयमै वर्षा नभएपछि यसपालि धानको उत्पादन घट्ने देखिएको छ । साथै धेरै ठाउँमा रोपाइँसमेत सम्भव भएको छैन । जसका कारणा देशभर वार्षिक सरदर ५५ लाख मेट्रिक टन जति धान उत्पादन हुने सरकारी आँकडा छ ।

यो हिसाबले झण्डै १५ लाख मेट्रिक टन धान भारतबाट आयात गर्नुपर्ने हुन सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ