arrow

भारत भ्रमण गरेर फर्कियो संसदीय समिति

सभापति भन्छन् - पछिल्लो समय भारतले नेपाललाई धेरै माया गरेको पाइयो [भिडियो]

सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसदीय समितिका सांसदसँग भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
rajkishor-10-25.jpg

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताएका छन् । शुक्रबार भारत भ्रमण सम्बन्धी प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गर्दै उनले भारतीयहरूले नेपाललाई हेर्ने दृष्टिकोणमै बदलाव आएको दाबी समेत गरे । 

सभापति यादवले भारतले अर्थतन्त्रमा विश्वलाई नै नेतृत्व गर्ने लक्ष्य लिएको र त्यसका लागि भारत सरकार र त्यहाँका सांसदहरूले नेपालसँग अझै बलियो सम्बन्ध बनाएर जान चाहेको पनि आफूहरूसँगको छलफलमा बताएको उल्लेख गरे । सभापति यादवका अनुसार भारतीय नेता र सांसदहरूले नेपाल एउटा इमानदार मित्र भएकाले पनि सम्बन्धमा गाढापन ल्याउनुपर्ने बताएका थिए । 

भारतीय सांसदहरूले आफूहरूसँगको भेटमा नेपालको समृद्धि आफूहरूको चाहना रहेको पनि बताएको पनि सभापति यादवको भनाई थियो । उनले आफूहरूले पनि भारतीय नेता तथा सांसदहरूसँगको भटमा नेपालको शिर ठुलो हुने गरी प्रस्तुति दिएको दाबी समेत गरे ।

उनले भने, ‘भारतको इकोनोमी र्‍यापिडली ग्रो भएको अवस्था हो । यो निर्माणमा नेपालीहरूको पनि भूमिका छ । त्यसैले हामीले तिमीहरूको यो विकासबाट नेपालीले लाभ पाउनुपर्छ । यो हाम्रो हक हो । त्यो मान्यता हामीले स्थापित गर्‍यौँ । त्यहाँ हामीले नेपालको पक्षबाट मलाई छ, त्यहाँ हामीले नेपालको नाक उँचो राख्ने गरी हामीले प्रस्तुति गर्‍यौँ । र त्यो कुरामा उनीहरूले पनि के पाए भने उनीहरूको यो पछिल्लो अवस्थामा हामीले जे भारत बुझिरहेका छांै, त्यो रहेनछ । भारत अब दुनियाँलाई लिड गर्छौँ भन्ने मनोविज्ञानबाट र त्यसको लागि हामी नेपालसँग एकदम सुमधुर सम्बन्ध, नेपालका सार्वभौमिकता, नेपालको सम्मानलाई हामीले सम्मान गर्दै अब हामीलाई यो सानोतिनो कुरामा अल्झिनु छैन । हामी चाहिँ एक प्रकारको ग्लोबल एरिनामा लिड गर्नेतर्फ गइसकेका छौं । भारतले नेपालको समृद्धि चाहेको छ । नेपालको हित चाहेको छ । यदि कहीँ केही छ भने हाम्रो इन्गेजमेन्ट बढाऔँ । संवादको माध्यमबाट समाधान गरौँ । हामीहरूले तपाईँहरूले लगाएको गुणको उच्च मूल्याङ्कन गर्छौँ भन्ने त्यहाँको प्रस्तुति रह्यो । र त्यहाँ हामीलाई हीनताबोध गर्नुपर्ने वा हामी कमजोर छौं भन्नुपर्ने कुनै कारणबाट, एङ्गलबाट हामीलाई त्यो अनुभूति भएन । मलाई त अब साथीहरूले पनि भन्नुहुन्छ–बरु हामीले अलिकति लिड गरे जस्तो लाग्छ त्यहाँ । हामी आफ्नो हात माथि राखेर प्रस्तुति रह्यो । र, उहाँहरूले त्यो कुरालाई सहजै स्वीकार पनि गरे । भारतको संसद टेक्नोलोजीमा धेरै अगाडि भइसक्यो । पेपरलेस भइसक्यो । त्यहाँको भोटिङ सिस्टम त्यही सिटमा राखिएको प्रविधिबाट हुन्छ । अर्को उहाँहरू एक स्वरले नेपाललाई हामी धेरै माया गर्छौँ । नेपालसँग हामी राम्रो सम्बन्ध बनाएर जान चाहन्छौँ । त्यहाँका सांसदहरूले यतिसम्म भने कि नेपाल भनेको हाम्रो विश्वास हो । नेपाल भनेको हाम्रो लागि इमानदार पार्टनर हो । हामी त्यही अनुसार अघि बढ्न चाहन्छौँ ।’

सभापति यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो । भ्रमणका क्रममा सो टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेश मन्त्री एस जयशंकर, भारतीय संसद अन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदहरू लगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ