arrow

दुवै पक्षका सांसदहरू उभिएपछि राष्ट्रिय सभा बैठक स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
upper-house-uthai.JPG

काठमाडौं ।  राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो ।

शुक्रवार ११ बजे बसेको बैठकमा तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो ।

बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूलाई दलीय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिएका थिए । 

सो क्रममा सांसदहरूले आ–आफ्नो धारणा राखे । धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूची अगाडी बढाउन खोज्दा एमालेका सांसदहरू उभिएर विरोध जनाएका थिए । 

अध्यक्षले विरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई समय दिए लगत्तै सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरोध गरेका थिए । 

दुवै पक्षका सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिए ।

आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १  बजे बस्ने गरी बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ