arrow

एमालेको अवरोध, सत्ता पक्षको विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
rastriyasabha-2080-04-26.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायम राखेको हो । 

बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई दलीय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिएका थिए । 

सो क्रममा सांसदहरुले आ–आफ्नो धारणा राखे । धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूचि अगाडि बढाउन खोज्दा एमालेका सांसदहरु उभिएर विरोध जनाएका थिए । 

अध्यक्षले विरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरेका थिए । 

दुवै पक्षका सांसदहरु उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडि बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडि बढाउन नसकिएको जानकारी दिए । 

आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १ः०१ मा बस्ने गरी बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ