arrow

३४ वर्षपछि कोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
saptakoshi-flood.jpg

सप्तरी । चैतीस वर्षपछि यस वर्ष कोशीमा पानीको बहाव उच्च देखिएको छ ।  कोशीमा पानीको बहाव उच्च भएसँगै  ५६ वटै ढोका खोलिएको छ । पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

 जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा  पानीको बहाव उच्च भएको हो  ।  पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ ।
     
प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको बताए । यद्यपि पानीको वहाव केही  घट्दो क्रममा रहेको छ ।
     
सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान पनि चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ