arrow

गृहमन्त्रीले बिना शर्त राजीनामा दिनुपर्छ : सांसद शर्मा [भिडियो]

नदिए आमरण अनशन शुरु गर्छु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
sunil-sharma-2080-04-29a.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। आफूलाई गैर कानुनी रूपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उनको माग छ । 

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनशन बस्ने चेतावनी समेत दिए । त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाई राख्दै जाने पनि सांसद शर्माले बताए । 

गृहमन्त्री श्रेष्ठले आफूलाई आतङ्ककारी जस्तो बनाएर पक्राउ गरेकाले बिना शर्त राजीनामा दिनुपर्ने उनको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ