अवैध सुन तस्करीमा थप तीन चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
736
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
३ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर भित्र्याइएको उक्त सुन गालिसकेकाले तौलबारे मंगलबार जानकारी दिने तयारी गरिएको छ ।
सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।