arrow

घुससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
pakrau-new.jpeg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
 
गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई रु दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई रु तीन लाखको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका वडा नं ३ बाट पक्राउ गरेको प्रवक्ता भोला दाहालले राससलाई जानकारी दिए । 

दुवै कर्मचारीलाई सोलार बत्तीको जडानलगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उनले सुनाए । 

दुवै कर्मचारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ