arrow

वरिष्ठ न्युरो सर्जन पन्त साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
dr-basanta-panta-neuro-2080-05-04.jpeg

काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा बसन्त पन्तलाई यस वर्षको साहित्य सन्ध्या कृबा पुरस्कार प्रदान गरिएको छ ।

राजधानीमा भएको एक कार्यक्रमबीच सांसद रघुजी पन्तले डा पन्तलाई पुरस्कार प्रदान गरे । सो सम्मानपछि डा पन्तले पुरस्कार ग्रहण गरेपछि जिम्मेवारी अझ थपिएको बताए ।

उनले आम नेपालीको स्वास्थ्यका लागि आफू थप जिम्मेवार ढंगले लाग्नेसमेत बताए । 

नेपालको चिकित्सा क्षेत्रमा डा पन्तले पुर्याएको योगदानलाई सम्मान गर्दै यस वर्षको कृबा पुरस्कारबाट सम्मान गरिएको साहित्य सन्ध्याले उल्लेख गरेको छ ।

साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट स्थापना गरिएको हो ।

साहित्य क्षेत्रमा विविध गतिविधि गर्ने उदेश्यले ४० वर्षअघि स्थापित साहित्य सन्ध्याले २०७४ सालदेखि चिकित्सा क्षेत्रमा उत्कृष्ठ योगदान दिने एक जना व्यक्तित्वलाईसमेत सम्मान गर्न थालेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ