arrow

राष्ट्रिय सभाको बैठक दुई घण्टा ढिला बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
upper-house2.jpg

काठमाडौँ । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । 

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । 

विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ