arrow

ओलीले भने- अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र नेपालका कार्यकर्ता हुन् [भिडियो]

सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टी स्टेटको कुरालाई झिकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
kp-oli-dwanda-bhadkauney.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कोसी प्रदेशमा दाहाल र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए । उनले कोसी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उल्लेख गरे । उनले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरू भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताए ।

उनेले भने, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरूले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरू उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल । यी बाहुनले नवकोटमा हुन्छ एउटा खेल साढे जुधाउने भन्ने । ती साढेको केही दुष्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरू छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरू त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन । नेपाली लड्नु हुँदैन । जनजातिका नाममा यी बाहुनले लडाएको हेर्नु त । जनता किन भिडाउनु हुन्छ । शासनमा बस्ने यस्ता विषयलाई ख्याल ख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफै संलग्न रहेको प्रमाण सँगै ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताए । उनले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरूलाई भगाउन लागेको बताए । उनले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टि स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ