arrow

राष्ट्रिय सभाको बैठक बस्दै, मन्त्रीपरिषद्को पत्रहरूको ब्यहोरा जानकारी गराइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
upper-house2.jpg

काठमाडौं ।  सङ्घीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । 

आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रीपरिषद्को गठन र मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराइनेछ । 

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमलसिना ले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् । 

साथै विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन, प्रतिवेदन,२०८० सभा समक्ष पेस गर्ने गर्ने छिन् । 

त्यस्तैकानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्याविपध थप गर्ने गरी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ