arrow

सुन तस्करीको सूचना सङ्कलन गर्न हङकङ जाँदै एसएसपी आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
cib-final.jpeg

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाइने भएको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए । चाँडै आचार्य हङ्कङ जाने पनि उनले बताए । गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । 

त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ । सीआईबीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सीआईबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ । 

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ