arrow

सारसको चुच्चोको प्रत्यारोपण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
sarash.JPG

काठमाडौं । चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ ।

उत्तर पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको सफल प्रत्यारोपण गरिएको हो ।

ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । 

चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको लागि आफूहरूले धरै विकल्पहरूको विचार गर्नुपरेको बताए । 

उनले सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानेर सोही अनुसार नक्कली चुच्चो प्रदान गरेको बताए ।

चरालाई उपचार पछि जङ्गलमा छोडिएको छ । यो चराहरूमा विशाल पाण्डा भनेर पनि चिनिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ