arrow

पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
paras-khadka-2080-05-15.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

सङ्घको आज सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफ्ना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् । 

पारसले २३ मत प्राप्त गर्दा उमेशले १४ मत प्राप्त गरे । पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घका कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष हुन् । त्यसैगरी २३ मत प्राप्त गरेका प्रेमबहादुर क्षेत्री उपाध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी रूपक रञ्जितले १४ प्राप्त गरेका थिए । 

यसैगरी सचिवमा प्रशन्न शाक्य निर्वाचित भए । उनले २३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रज्वल सापकोटाले १४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए । 

त्यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित भए । 

महिला सदस्यामा भने निरा राजोपाध्याय निर्विरोध निर्वाचित भए । मतदानमा छ जिल्लाका २४ र निवर्तमान कार्यसमितिका १३ सदस्य गरी कूल ३७ मत खसेको थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय चुनाव आगामी असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ