- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्नेमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजू राणा देउवाले जोड दिएकी छन् । आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने धारणा राखेकी हुन् ।
उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताए । उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन् ।
उनले भनिन् – ‘ बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तीन वर्षमा कम भयो ।'