पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग सीआईबीले गर्यो सोधपुछ
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६१ किलो अवैध सुन प्रकरण तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि सीआईबीले मंगलबार दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो ।
सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ ।