arrow

पृथ्वीमा यसरी फर्किए नासाका अन्तरिक्ष यात्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
earth-nasa-landing.jpg

काठमाडौं । अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले सोमवार बिहान दक्षिण पूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटमा रहेको स्पेएक्स ड्रागन अन्तरिक्ष यानमा सवार स्पेसएक्स क्रू छ अन्तरिक्ष यात्रीहरूसहित सुरक्षित अवतरण भएको छ । 

चालक दलका सदस्यहरू छ महिनादेखि अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा बसेर काम गरिरहेका थिए ।  सो मिसन मार्च २ मा फ्लोरिडाको नासाको केनेडी सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।

नासाका अनुसार मिसनको क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न र पृथ्वीमा जीवनलाई फाइदा पुर्‍याउन सयौं प्रयोग र प्रविधि प्रदर्शनहरूमा योगदान पुर्‍याएका थिए । 

नासाका अन्तरिक्ष यात्री स्टिफन बोवेन र वुडी होवर्ग, युएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रोस्कोमोस (रुसको राज्य अन्तरिक्ष निगम) अन्तरिक्ष यात्री एण्ड्रे फेडियाएभ सहितको चार सदस्यीय टोली सुरक्षित पृथ्वी फर्किएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ