arrow

होटलमा घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

इनरुवा (सुनसरी)। सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ । 

विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले रु २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला दाहालले जानकारी दिए ।  

प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए ।

मेहतालाई इनरुवा नगरपालिका–३ मा रहेको एक होटलमा घुस  रकम लिइरहेको अवस्थामा रु २५ हजारसहित रङ्गेहात पक्राउ गरिएको प्रवक्ता दाहालले जनकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ