arrow

जलवायु परिवर्तन जोखिममा नेपालले क्षतिपूर्ति पाउनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
devraj-ghimire-action-aid.jpg

काठमाडौँ । जलवायु परिवर्तन सम्बन्धी अवधारणासहित एक्सन एड नेपालले जलवायु न्याय अभियान अन्तर्गत सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षण पत्र बुझाइएको छ । 

फन्ड आवर फ्युचर भन्ने नाराका साथ एक्सन एडले जलवायु परिवर्तनका कारण नेपाल पनि उच्च जोखिममा रहेको भन्दै नेपालले क्षतिपूर्ति पाउनुपर्नेतर्फ सभामुख धिमिरेको ध्यानाकार्षण गराएको हो । 

पत्र बुझ्दै घिमिरेले सबै दलका प्रमुख सचेतकसँग पनि छलफल चलाउने र कानूनी कुराहरुमा आवश्यक सुधारको पहलमा जोड दिनुपर्ने बताए ।

नेपालले कार्बन उत्सर्जन घटाउनका लागि थुप्रै रणनीतिक योजना अघि सारेको दाबी गर्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने एक्सन एडले जिकिर गरेको छ । 

कार्बन उत्सर्जन कम गर्ने विश्वव्यापी मान्यताअनुसार नेपालले विभिन्न मापदण्ड पालना गरेर कामहरु गरिरहेको र विद्युतको प्रयोगमा जोड दिनुका साथै पर्यावरणका लागि हरियाली कार्यक्रमसमेत चलाइरहेको छ । 

त्यसैगरी एक्सन एडको टोलीले एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक महेश बर्तौलालाईसमेत ज्ञापन पत्र बुझाएको छ । 

भौगोलिक रूपमा जोखिमपूर्ण स्थानमा अवस्थित नेपालले जलवायु परिवर्तनका गम्भीर प्रभावहरूको सामना गरिरहेको छ जसले धेरै क्षेत्रहरूमा मानिसहरूको जीविकोपार्जन र अनुकूलन क्षमताहरूलाई खतरामा पार्छ ।

यी प्रभावहरू बाढी, पहिरो, खडेरीको रूपमा प्रकट हुन्छन् र आवृत्तिमा वृद्धि हुने अपेक्षा गरिन्छ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको न्यूनतम ०.०२५ प्रतिशत जिम्मेवार भए पनि नेपालले पेरिस सम्झौता अनुरुप जलवायु परिवर्तन न्यूनीकरण गर्ने आफ्नो प्रतिबद्धता देखाएको छ। 

नेपालले दिगो उत्सर्जन कटौती हासिल गर्न दीर्घकालीन रणनीति विकास गरेको छ र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन पहलहरूमा सक्रिय रूपमा सहभागी हुँदै सन् २०४५ सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ