arrow

भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
u16-nepal-india-2023.jpg

काठमाडौँ । नेपाल साफ यू–१६ च्याम्पियनशिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ । नेपाल भारतसँग १–० ले पराजित भएको हो । भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३ औँ मिनेटमा गरेका थिए । 

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो ।

पहिलो खेलमा नेपालले बंगलादेशसँग १–० को हार बेहोरेको थियो । 

नेपालको समूहबाट भारत ६ अंकका साथ समूह विजेता बन्दै तथा बंगलादेश तीन अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ