नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन ? – माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
3.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर संसदबाट पारित भई जारी भएको अद्यावधिक नेपाालको नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन भन्दै प्रश्न गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनुपर्नेमा त्यसो भयो कि भएन भन्दै प्रश्न गरेका हुन् ।
संसदबाट पारित भई जारी भएको नक्साबारे विश्वलाई लिखित रूपमा चिठी पठाइयो कि पठाइएन भन्दै उनले प्रश्न गरेका हुन् ।