arrow

प्रचण्ड डेलिभरियोग्य परियोजना र मुद्दाको प्रस्ताव लिएर जाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
np-saud.jpg

काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेन्डामाथि छलफल भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको एजेन्डामाथि छलफल चलिरहे पनिको अन्तिम टुङ्गो भने लागि नसकेको बताएका हुन् । 

उनले भ्रमणको एजेन्डाको सम्बन्धमा द्विपक्षीय बीच छलफल चलिरहेको पनि बताए । उनले भ्रमणका क्रममा लामो लिस्ट बोकेर जाने भन्दा पनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरूलाई अगाडी बढाउने प्रस्ताव लिएर जाने बताए । 

उनले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेण्डा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए । सोही विषयहरूमा सम्झौता हुने तयारी भएको उनको भनाई छ । त्यस्तै कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा पनि छलफल चलिरहेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ