arrow

नेपालको विश्वकप टी–२० ग्लोबल छनोटमा स्थान बनाउने सपना अधुरै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
cricket-nepal-women-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल महिला टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनलबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो । 

यो हारसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ । सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो ।

थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै ५९ रनमात्रै बनायो । कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०–१० रन बनाए । 

थाईल्यान्डका लागि ओन्निचा कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३–३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो । 

नान्नापत खोन्चरोएनकाईले ६३ बलमा अविजित रहँदै ५९ रन बनाइन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । 

नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १–१ विकेट लिए ।

सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ