नेपालको विश्वकप टी–२० ग्लोबल छनोटमा स्थान बनाउने सपना अधुरै
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
1.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल महिला टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनलबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो ।
यो हारसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ । सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो ।
थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै ५९ रनमात्रै बनायो । कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०–१० रन बनाए ।
थाईल्यान्डका लागि ओन्निचा कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३–३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।