arrow

राष्ट्रिय सभा अनिश्चित समयका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
rastriya-sabha-2080-01-26.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संसद सचिवालयले सूचना जारी गरी जनाएको छ । 

राष्ट्रिय सभामा अहिले जम्मा ३ वटा विद्येयकहरु मात्रै  रहेका छन् ।अध्यागमन विधेयक विधायन ब्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेश भैसकेको छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेको र अध्ययन  गरेर खबर नगरेका कारण पारित गर्न मात्रै बाँकी छ भने विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् । 

राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ