arrow

परमादेशबाट बनेको सरकारले जारी गर्‍यो दुई अध्यादेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
parshuram-khapung-2080-04-12.jpg
तस्बिर-फाइल

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गरेका छन् ।

नेपालको संविधानको धारा, २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको हो ।

जारी भएको अध्यादेश कोशी प्रदेश आर्थिक अध्यादेश-२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश-२०८० रहेको प्रदेश प्रमुखको कार्यालयका सचिव नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कोशीको अहिलेको सरकार सर्वोच्च अदालतको परमादेशअनुसार बनेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ