arrow

हृदयाघातबाट संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
Subash-chandra-negmang-death.jpg

काठमाडौँ ।  संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।

 सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि  उपचारका लागि राति १: ३० बजे अस्पताल लगिएकामा उपचारको क्रममा त्यही निधन भएको स्वकीय सचिव  कृष्णप्रसाद काफलेले बताए ।

उनबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा छवी बनाएका थिए । 

 नेम्वाङ नेकपा(एमाले)का उपाध्यक्ष समेत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ