arrow

नेम्वाङको निधनसँगै अस्पतालमा शीर्ष नेताहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
oli-prachnda-nembang1.jpg

काठमाडौँ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन् । 

गत राति हृदयाघातबाट निधन भएपछि प्रधानमन्त्री, पार्टी अध्यक्ष, सभामुख लगायत शीर्ष नेताहरू शिक्षण अस्पतालमा पुगेका हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरू  अस्पतालमा रहेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पतालमा छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पतालमा छन् ।

अन्य नेताहरु पनि अस्पताल आउने क्रम जारी छ । 

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएको थियो । 

उनलाई उपचारका लागि राति १: ३० बजे अस्पताल त्रिवि शिक्षण अस्पताल लगिएको थियो । 

उनको उपचारको क्रममा निधन भएपछि निधनबारे बुझ्न राति नै प्रधानमन्त्री दाहाल, पार्टी अध्यक्ष ओली, सभामुख  घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।

नेम्वाङ को पार्थिव शरीर ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राख्ने तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ