arrow

मोटरसाइकल दुर्घटनामा वडा सचिवको मृत्यु

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० भदौ २६ मंगलबार
died-2080-05-25a.jpg

डडेल्धुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका–१ घर भइ डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा कार्यरत वडा सचिव खगेन्द्र पन्त रहेका छन् । 

सोमबार राति जिल्लाको स्याउले नजिक भिमदत्त राजमार्ग सडक खण्डमा से ५ प २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

स्याउलेबाट बागबजारतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई सडक छेउँ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ