arrow

नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । 
    
वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गएराति असामयिक निधन भएको थियो । 

त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ