arrow

नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयमै,  दिउँसोपछि निवासमा राखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
subash-nembang-illam.jpg

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म एमाले मुख्यालयमै राखिने भएको छ ।  

उनको पार्थिव शरीरमा आज बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्नका लागि एमाले मुख्यालय च्यासलमै व्यवस्था मिलाइएको छ । 

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको छ । 

त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । 

नेम्वाङको अन्तिम संस्कार गर्नका लागि उनका कान्छा छोरा सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट फर्किसकेका छन् । उनी कामको सिलसिलामा १५ दिन अगाडि मात्रै अस्ट्रेलिया गएका थिए । एक महिनाका लागि अस्ट्रेलिया पुगेका उनी काम अधुरै छाडेर फर्किएका हुन् । 

नेम्वाङका जेठा छोरा भने बेलायतबाट आज फर्किँदै छन् । जेठा छोरा आइसकेपछि नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । 

नेम्वाङको भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । 

एमालेले उनको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ । सो दिन सरकारले सार्वजनिक बिदा दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ