arrow

आइपुगे नेम्वाङका दुवै छोरा, भोलि अन्तिम संस्कार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
subash-nembang-son.jpg
नेम्वाङका जेठा छोरा मेङ्सो नेम्वाङ

काठमाडौँ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार गर्नका लागि उनका दुवै छोरा नेपाल आइपुगेका छन् । नेम्बाङका कान्छा छोरा गए राति आइपुगेका हुन् भने जेठा छोरा आज आइपुगेका छन् । 

कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट गए राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए । सुहाङ पेशाले कानून व्यवसायी हुन् । उनी कामको सिलसिलामा १५ दिन अगाडि मात्रै अस्ट्रेलिया गएका थिए । एक महिनाका लागि अस्ट्रेलिया पुगेका उनी काम अधुरै छाडेर फर्किएका हुन् । 

नेम्वाङका जेठा छोरा मेङ्सो नेम्वाङ भने बेलायतबाट आज फर्किएका हुन् । उनी आज फर्किएसँगै ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका छन् । उनी पुगेसँगै नेम्वाङको पार्थिव शरीर घर ल्याइएको छ ।  नेम्वाङको पार्थिव शरीर आज बालुवाटारस्थित घरमै श्रद्धाञ्जलीका लागि राखिने छ । 

नेम्वाङको हिजो बिहान निधन भएको थियो ।  नेम्वाङको भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ