arrow

नेम्वाङको अन्त्येष्टि आज, शवयात्रा यो रुटबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
subash-body.jpg

काठमाडौँ  । संविधानसभाका अध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ । 

उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेबाट अनुरोध गरेको छ । 

शवयात्राको रुट नेम्वाङ को बालुवाटारस्थित निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।  नेम्वाङको अन्त्येष्टि त्यसपछि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । 

नेम्वाङका दुबै छोरा जेठा छोरा मेङ्सो नेम्वाङ र कान्छा छोरा सुहाङ नेम्वाङ नेपाल आएका छन् । नेम्वाङलाई  जेठा छोरा मेङ्सो नेम्वाङले दागबत्ती दिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ