arrow

नेम्वाङको राजकीय सम्मानसहित आज अन्त्येष्टि, सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
subash-nembang-illam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज दाह संस्कार गरिने भएको छ । पार्टी मुख्यालयबाट हिजो पार्थिव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाएपछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएको हो ।

गत सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीरलाई च्यासलस्थित एमाले पार्टी कार्यालयबाट मंगलबारदेखि राखिएको थियो । हिजो दिउँसो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो । 

नेम्वाङका दुवै छोरा विदेशमा रहेकाल आउन ढिलाइ हुँदा नेम्वाङको दाहसंसकार आजमात्र गर्न लागिएको हो । 

उनका कान्छा छोरा मंगलबार राति र जेठा छोरा बुधबार दिउँसो आइपुगेका थिए । 

मंगलबार दिउँसो पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।  

नेम्वाङको पुशपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ । 

आज सार्वजनिक बिदा
 सरकारले आज सार्बजनिक बिदा दिएको छ । नेम्वाङको निधनमा आज सार्बजनिक बिदा दिएको हो । 

उनको हिन्दू र किराँत दुवै परम्पराअनुसार दाह संस्कार गरिने जनाइएको छ ।  

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन दाहसंस्कार गर्ने दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेकाले आज सार्वजनिक बिदा दिइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ