arrow

अर्थ, वाणिज्य र लेखा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । 

अर्थ समिति बिहान ११ बजे बस्दै छ ।समितिको कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ । 

साथै उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा दैनिक उपभोग्य वस्तुहरू चीनी, चामल लगायतका खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय उपभोक्ता मञ्चबाट प्राप्त निवेदन माथि सरोकारवालाहरूसँग छलफल हुनेछ । 

त्यस्तै आज बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धी उपसमिति गठनबारे छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ