arrow

चाडपर्वमा खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
abdulkhan.jpg

काठमाडौं ।  संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यक खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो । 

त्यसै गरी बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरूको बिक्री वितरण सुलभ मूल्यका गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले बताए ।

 समितिले बजारको माग अनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुने गरी अति आवश्यकी खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने गरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ