काठमाडौँ । नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ ।
युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य-मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको उनको भनाइ छ ।
समितिमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, किशोर नेपाल, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष हरि अधिकारी, पूर्वअध्यक्ष रमेश तुफान, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य, प्रेस युनियनका पूर्वअध्यक्ष तारा बराल, कुलचन्द्र वाग्ले, प्रेस काउनिसलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल छन् ।
साथै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, प्रेस युनियनका पूर्वअध्यक्ष मुरारी शर्मा, समीरजङ्ग शाह, किरण पोखरेल, युनियनका संस्थापक शोभाकर पराजुली, वरिष्ठ पत्रकार श्री आचार्य, कविर राणा पनि छन् ।
समितिमा प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, पूर्वउपाध्यक्ष गङ्गाधर पराजुली, रमेश पौडेल, पूर्वमहासचिव रमेश पौडेल, तरुण पौडेल, विन्दुकान्त घिमिरेलाई समावेश गरिएको छ ।
परामर्श समितिमा युनियनका अग्रज सुवास ढकाल, डा नवराज लम्साल, गेजा शर्मा वाग्ले, उमिद बाग्चन, कृष्ण केसी, कन्हैयालाल केसरी, हरि लम्साल, हर्ष सुब्बा, झपिन्द्र गैरे छन् ।