arrow

छ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिको कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ । 

साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा मन्त्रालयबाट गरिएको श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयक कार्यक्रमका सम्बन्धमा मन्त्रीबाट जानकारी लिने र समितिबाट गरिने अनुगमन कार्यविधि सम्बन्धमा छलफल हुनेछ ।

 महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमामा समितिमा दर्ता भएका उजुरीहरूमाथि छलफल हुनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा समसामयिक विषयमाथि छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा नेपाल सरकारका निकाय र सार्वजनिक संस्थामार्फत जनताका लागि गरिने सेवा प्रवाहका सम्बन्धमा दिन प्रतिदिन बढ्दो गुनासो र बढ्दो भ्रष्टाचार निवारणका लागि राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाही, सुशासन प्रवर्द्धनमा चालिएका कदमहरू एवं प्रगति सम्बन्धमा छलफल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ