arrow

भीआईपीलाई मापदण्ड विपरित दिएका पीएसओ, सवारी चालक र भान्से १५ दिनभित्र फिर्ता गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
vip-vvip.JPG

काठमाडौं ।  संसदीय समितिले भीआईपी तथा भीआईपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीआईपी र भीआईपीहरुलाई मापदण्ड विपरित उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । 

समितिले उनीहरुलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरुले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरु प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ