arrow

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँः माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
madhav-nepal-2080-06-06.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताएका छन् । 

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिए ।

 उनले दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भएपनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताए । उनले राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि साझा सहमति बनाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ