arrow

क्यान अध्यक्षमा चन्द पुनः निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
can--chatur-bahadur-chand-president.jpg

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। क्यानको आज भएको निर्वाचनमा चन्द पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन्। सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए।

महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन्। सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन्।

क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धामा पारस खड्का विजयी भएका छन्।

त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ। खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ। क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ