arrow

कोशीमा मणिपुरमा जस्तै जातीय दङ्गा भड्काउन खोजिएको मुख्यमन्त्रीको आरोप

एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
Hikmat-karki-cm-koshi.jpg

काठमाडौं ।   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नामकरणविरुद्ध जबरजस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौँदेखिका मानिस ल्याउन थालिएको दाबी गरेका छन् । 

शनिबार एक कार्यक्रममा उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोप लगाएका छन्  ।

तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले बताए । उनले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी पनि गरे । 

मुख्यमन्त्री कार्कीले भने, “कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नुपर्थ्यो, त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।” 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ