arrow

१९ औँ एसियाली खेलकुद : 

टेबल टेनिसमा नेपाल समुह चरणबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
asian-sport.JPG

हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो । 

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३-० ले पराजित भएको थियो ।

 महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११-१, ११-६ तथा ११-८ अंकले पराजित भइन् । 

यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११-३, ११-७ तथा ११-२ अंकले पराजित भइन् । यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११-१, ११-५ तथा ११-२ अंकले पराजित भइन् । 

यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३-० ले पराजित भएको छ । 

पुरुषतर्फ समुह बी मा रहेको नेपालका संयोग कपाली ११-७, ११-४ तथा ११-५ अकले पराजित भए । 

अर्को खेलमा नेपालका रुविन महर्जन ११-२, ११-६ तथा ११-२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११-८, ११-२ तथा ११-३ अंकले पराजित भए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ