arrow

चारओटा संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज एकै पटक ४ ओटा संसदीय समितिको बैठक बस्दै छ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र दिगो विकास तथा सुशासन समिति बैठक बस्दै छ ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिको भावी कार्य योजनाका बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमबीबीएस अध्ययनरत एवं अनसनरत विद्यार्थीहरूको समस्याका सम्बन्धमा त्रि.वि. उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानसँग छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने अर्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरूसँग छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ