arrow

स्वदेश फर्किए सभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
devraj-ghimire-sabamukh.jpg

काठमाडौं ।  सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  आइतबार उनी आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका हुन् ।

भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधि लगायतको सहयोगबारे, एक अर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताए । 

उनले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरूलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउने बारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्ने बारेमा छलफल भएको बताए ।

 उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ