arrow

जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो: देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
deuba-sherbahadur.jpg

काठमाडौं ।   नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढी रहेको र मानिसहरूले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताए । उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको बताए ।

उनले भने,' अहिले मान्छेले बुझेका छन् । हिजो अस्ति जातको कुरा भए पनि अब सबै हटिसकेको छ ।' सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भए पनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ