- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विपद् रोकथामका लागि चीनले अन्तरिक्षमा उपग्रह पठाएको छ ।
चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटलाइट लञ्च सेन्टरबाट विपद् रोकथामका लागि रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको हो ।
याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४:१५ बजे प्रक्षेपण गरेको थियो ।
यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ ।